काठमाण्डौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई सरकारले नयाँ प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी सुम्पेको छ। सिंहदरबारमा हालै सम्पन्न मन्त्रिपरिषद्को बैठकले मन्त्री पोखरेललाई नेपाल सरकारको आधिकारिक प्रवक्ताका रूपमा चयन गर्ने निर्णय गरेको हो।
यस निर्णयसँगै अब सरकारका सम्पूर्ण आधिकारिक धारणा, मन्त्रिपरिषद्का निर्णयहरू र महत्वपूर्ण सरकारी योजनाहरूको सार्वजनिक सञ्चारको नेतृत्व मन्त्री पोखरेलले गर्नेछन्।

