आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक: राजस्व संकलनको लक्ष्य १४ खर्ब ५ अर्ब

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको बजेटमा चालु खर्चका लागि १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरिएको छ। बजेटमा पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ छुट्याइएको छ।

बजेटको स्रोत व्यवस्थापनका लागि सरकारले राजस्वबाट १४ खर्ब ५ अर्ब रुपैयाँ संकलन हुने अनुमान गरेको छ। आगामी आर्थिक वर्षका लागि वैदेशिक अनुदान ६१ अर्ब ७४ करोड र वैदेशिक ऋण २ खर्ब ४७ अर्ब रुपैयाँ प्राप्त हुने लक्ष्य राखिएको छ। यसका साथै सरकारले ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट व्यहोर्ने योजना बनाएको छ। चालु आर्थिक वर्षमा १९ खर्ब ६४ अर्बको बजेट विनियोजन गरिएकोमा अहिलेसम्म १२ खर्ब ५२ अर्ब रुपैयाँ मात्र खर्च भएको तथ्यांक सार्वजनिक गरिएको छ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

सम्बन्धित समाचार

ताजा न्यूज