काठमाडौँ । सर्वोच्च अदालतको नयाँ भवनको पाँचौँ तलाबाट हामफाल्ने प्रयास गरेका एक कानुन व्यवसायीलाई प्रहरी र अदालत प्रशासनले सकुशल उद्धार गरेको छ। ठगीसम्बन्धी मुद्दा हारेपछि मङ्गलबार दिउँसो सवा एक बजेतिर हाम्फाल्ने प्रयास गरेका अधिवक्ता लालबहादुर राईलाई करिब आधा घण्टाको प्रयासपछि उद्धार गरिएको हो।
न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको संयुक्त इजलासमा सोमबार भएको सुनुवाइका क्रममा मुद्दा हारेपछि राईले ‘सुसाइड नोट’ नै लेखेर भवनबाट फालहाल्ने प्रयास गरेका थिए।
घटनालगत्तै खटिएको प्रहरी टोली र अदालत प्रशासनको टोलीले उनलाई नियन्त्रणमा लिई सुरक्षित उद्धार गरेको हो। हाल उनलाई सम्झाइबुझाइ गरी परिवारको जिम्मा परिवारको जिम्मा लगाइएको छ ।

