अदालत सेटिङको कुप्रचारप्रति कांग्रेस नेता दीपक खड्काको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक विवादलाई लिएर सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएपछि आफ्नो नाम जोडेर ‘अदालत सेटिङ’ को कुप्रचार गरिएको भन्दै कांग्रेस नेता दीपक खड्काले गम्भीर आपत्ति जनाएका छन्। पार्टीभित्र आफूमाथि भएको अन्यायविरुद्ध न्याय माग्न सर्वोच्च अदालत पुग्दा उल्टै स्वतन्त्र न्यायपालिकाको मानमर्दन गर्ने नियतले भ्रामक प्रचार गरिएको भन्दै उनले खेद प्रकट गरेका हुन्।

न्यायको सर्वव्यापी सिद्धान्तलाई आत्मसात गर्दै आफूले सर्वोच्च अदालतमा दर्ता नम्बर ०८३-FN-०३२३ मार्फत उत्प्रेषण, प्रतिषेध र परमादेशका साथै अन्तरकालीन आदेशको माग गर्दै रिट दायर गरेको खड्काले स्पष्ट पारेका छन्। अदालतमा विचाराधीन विषयलाई लिएर केही व्यक्ति तथा समूहले नियोजित रूपमा न्यायपालिकाप्रति अविश्वास पैदा गराउने खेल खेलेको दाबी गर्दै उनले यस्ता भ्रामक सामग्रीप्रति सजग रहन जिम्मेवार सञ्चारमाध्यमहरूलाई समेत आग्रह गरेका छन्।

न्याय र स्वतन्त्रताका लागि लडेको सिपाहीका नाताले आफूलाई अदालतप्रति सधैँ उच्च सम्मान र भरोसा रहेको उल्लेख गर्दै उनले सम्मानित सर्वोच्च अदालतबाट न्याय पाउनेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको बताएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज