संसद् चलाउने नयाँ कार्यविधि : ३० परिच्छेद र ७ अनुसूचीसहितको मस्यौदा आजै हस्तान्तरण गरिँदै

काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले नयाँ नियमावलीको मस्यौदा तयार पारी आजै सभामुख डोलप्रसाद अर्याललाई बुझाउने तयारी गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको नेतृत्वमा रहेको समितिले ३० परिच्छेद, २६३ दफा र ७ अनुसूचीसहितको मस्यौदालाई अन्तिम रूप दिएको हो।

समितिले यस पटक पुरानो नियमावलीमा रहेका भन्दा एउटा दफा कम गरेर मस्यौदा तयार पारेको छ, जबकि यसअघिको प्रतिनिधि सभा नियमावली २०७९ मा पनि ३० परिच्छेद, २६३ दफा र ७ अनुसूची नै रहेका थिए।

सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको समितिको बैठकले मस्यौदालाई अन्तिम आकार दिएसँगै आज दिउँसो ३ बजे सभामुखलाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ। सभामुखको सचिवालयका अनुसार मस्यौदा बुझ्नका लागि आवश्यक तयारी पूरा भइसकेको छ। हाल मस्यौदा समितिका सदस्यहरू संसद् सचिवालयमा बसेर मस्यौदाको अन्तिम परिमार्जन र भाषिक शुद्धता मिलाउने कार्यमा व्यस्त रहेका छन्। नयाँ मस्यौदाले सदनको कार्यसञ्चालनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज