१ लाख ३६ हजार नयाँ मतदाता थपिए, दैनिक ११ हजारले भोट हाल्न पाउने सूचीमा आवद्ध

काठमाडौं । बिहीबारसम्म १ लाख ३६ हजार ६० मतदाता थपिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहीबार मात्रै ११ हजार १९७ जना नयाँ मतदाता थपिएका थिए। जसमा ६ हजार ४६१ पुरूष र ४ हजार ७३४ जना महिला थिए भने २ जना अन्यले दर्ता गराएका थिए ।

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकिएको छ। कात्तिक ३० गतेभित्र नाम दर्ता गराएका मतदाताले मात्रै उक्त निर्वाचनमा भोट खसाल्न पाउनेछन्।

सम्बन्धित समाचार

ताजा न्यूज