बिगो बराबरको धरौटीमा रिहा हुन माग गर्दै परेको रविको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा बिहीबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको हो ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आज तोकिएको साप्ताहिक पेसी अनुासर न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको संयुक्त इजलासमा उनीहरूको मुद्दाको सुनुवाइ हुन लागेको हो ।

यससँगै गोर्खा मिडियाका तत्कालीन सञ्चालक समिति सदस्य तथा पूर्वडीआईजी छविलाल जोशीको धरौटी सम्बन्धी निवेदनमाथि पनि सोही इजलासमा सुनुवाइ हुने छ । दुवै मुद्दा एउटै प्रकृतिका भएकाले एकैसाथ हेरिने छ ।

उनीहरुको मुद्दाको सुनुवाइ एक नम्वर इजलासको ३ नम्बरमा रहेको छ । मिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीमा ठगी प्रकरणमा आफूले दायित्व अनुसारको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी बुझाएर रिहा गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

तर यसअघि साउन २६ गते जिल्ला अदालत रूपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाले बिगो रकम अझै यकिन नभएको र प्रमाण संकलन बाँकी रहेको भन्दै उनको निवेदन अस्वीकार गरेका थिए । हाल लामिछाने सोही मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज