बेपत्ताका सन्तानलाई जी.पी. कोइराला कलेजमा पूर्ण छात्रवृत्ति

काठमाडौँ। गत भाद्र १० गते रसुवाको स्याफ्रुबेँसी खण्डबाट बेपत्ता हुनुभएका ओखलढुंगा, लिखु गाउँपालिका–७ निवासी प्रेम पौडेल र मिलन बिडारीका सन्तानलाई काठमाडौँको चावहिलस्थित जी.पी. कोइराला मेमोरियल कलेजमा स्नातक तथा स्नातकोत्तर तहसम्म पूर्ण निःशुल्क अध्ययन गराइने भएको छ।

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्यका उम्मेदवार कुमार लुइँटेलको विशेष पहलमा कलेजको सञ्चालक समिति (बोर्ड बैठक) ले उक्त निर्णय पारित गर्दै विद्यार्थीहरूको भर्ना कायम गरेको हो।

क्याम्पस प्रमुख शिवप्रसाद अधिकारीका अनुसार प्राकृतिक विपत्ति तथा दुर्घटनाका कारण पीडित बनेको परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले कलेजले स्नातक र स्नातकोत्तर तहको पढाइ शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको हो। नेता लुइँटेलको आग्रह र कलेजको सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै सञ्चालक समितिले यो निर्णय गरेको उहाँले जानकारी दिनुभयो।

उक्त कलेजमा अध्यापन गराउँदै आउनुभएका उप-प्राध्यापक एवं समाजसेवी राजकुमार ढुंगानाले जी.पी. कोइराला क्याम्पसले स्थापना कालदेखि नै यस्ता सामाजिक उत्तरदायित्वका कामहरू निरन्तर गर्दै आइरहेको बताउनुभयो। उहाँका अनुसार कलेजले स्थापनादेखि नै कठिन परिस्थितिमा परेका विद्यार्थीहरूलाई शैक्षिक अवसर प्रदान गर्दै आएको छ।

उच्च शिक्षा अध्ययनको पूर्ण जिम्मेवारी कलेजले लिएपछि प्रभावित परिवारजनले पहलकर्ता नेता कुमार लुइँटेल, क्याम्पस प्रमुख तथा कलेज व्यवस्थापन पक्षप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

 

सम्बन्धित समाचार

ताजा न्यूज