प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा आफ्नो नाम जोडिएका समाचारको खण्डन: भ्रामक र कपोलकल्पित भएको दाबी

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वएआईजी विश्वराज पोखरेलसँग आफ्नो नाम जोडेर प्रसारित समाचारको खण्डन गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश शर्माले सञ्चारमाध्यममा प्रकाशित “प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा ‘घुस’: फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण!” शीर्षकका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र उक्त समाचारबाट आफू आश्चर्यचकित एवं स्तब्ध भएको जनाएका छन्।

प्रधानन्यायाधीश शर्माले विज्ञप्तिमार्फत उक्त प्रसङ्गमा जोडिएका कुनै पनि व्यक्तिहरूसँग आफ्नो प्रत्यक्ष वा परोक्ष रूपमा कुनै चिनजान, सम्पर्क वा संलग्नता नरहेको प्रष्ट पारेका छन्। समाचारमा उल्लेख गरिएका व्यक्तिहरूलाई आफूले कहिल्यै कतै नभेटेको समेत उनले स्पष्ट पारेका छन्।

समाचारमा उल्लिखित नोभेम्बर, डिसेम्बर र जनवरी (November, December, January) को समयमा आफू प्रधानन्यायाधीशको पदमा समेत नरहेको अवस्था रहेको उल्लेख गर्दै उनले बिनाआधार आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताएका छन्।

यस किसिमका आधारहीन, झुट्टा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दुषित उद्देश्यका साथ प्रसारित समाचारको भर्त्सना गर्दै प्रधानन्यायाधीश शर्माले यस्ता भ्रामक समाचारको भ्रममा नपर्न सम्पूर्ण जनमानसमा अनुरोध समेत गरेका छन्।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

 

सम्बन्धित समाचार

ताजा न्यूज