विवादास्पद अभिव्यक्तिपछि उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर आफ्नो राजीनामा पत्र बुझाएकी हुन्।

ग्यास उद्योगीहरूलाई लक्षित गर्दै ‘पाता कस्नुपर्ने’ भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि उनी चौतर्फी विवाद र दबाबमा परेकी थिइन्। सोही अभिव्यक्तिका कारण उत्पन्न परिस्थितिपछि उनले पद त्याग गर्ने निर्णय गरेको उनको सचिवालयले जनाएको छ।गत चैत २७ गते मन्त्री पदको शपथ लिएकी यादव महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।

सम्बन्धित समाचार

ताजा न्यूज