प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

काठमाडौँ ।  सभामुख डोलप्रसाद (डीपी) अर्यालको अध्यक्षतामा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ।

बैठकमा प्रतिनिधि सभाको आगामी संसद् क्यालेन्डर, बैठकलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने तथा सदनमा विचाराधीन विषयहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने सम्बन्धमा छलफल भएको थियो।

बैठकले प्रतिनिधि सभाको आगामी बैठकका लागि भदौ १५, १६, १७, २२, २३ र २४ गतेको कार्यसूची तथा बैठक सञ्चालनसम्बन्धी कार्यक्रम स्वीकृत गरेको छ।

त्यसैगरी, संसद् बैठकलाई मर्यादित बनाउने, महत्त्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूलाई प्राथमिकताका साथ अघि बढाउने र संसदीय कामकारबाहीलाई व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको थियो।

कार्यव्यवस्था परामर्श समितिको उक्त बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, सचेतक तथा सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

ताजा न्यूज