राज्य व्यवस्था समिति सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध चयन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने निर्विरोध चयन भएकी छन्।

सत्ता गठबन्धनको तर्फबाट एकल उम्मेदवारी परेपछि न्यौपानेको उम्मेदवारीमा कुनै प्रतिस्पर्धा भएन। उनले आफ्नो उम्मेदवारी दर्ताका क्रममा कांग्रेस सांसद रामहरि खतिवडालाई प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठलाई समर्थक बनाएकी थिइन्।

पार्टीको निर्णयअनुसार संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएपछि न्यौपानेले राज्य व्यवस्था समितिको नेतृत्व सम्हाल्न उम्मेदवारी दिएकी थिइन्। अब भोलि दिउँसो ३ बजे बस्ने बैठकले उनको निर्विरोध चयन भएको औपचारिक घोषणा गर्नेछ।

नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रतिनिधिसभामा पुगेकी न्यौपाने यसअघि सभामुख पदका लागि पनि कांग्रेसको उम्मेदवार बनेकी थिइन्।

सम्बन्धित समाचार

ताजा न्यूज