सर्वोच्च अदालतमा सोमबार ४ सय २० वटा मुद्दा दैनिक पेशीमा, तर ४० वटाको मात्रै फैसला

काठमाडौं । सर्वोच्च अदालतमा सोमबार जम्मा ४० वटा मुद्दाको मात्रै फैसला भएको छ । दैनिक पेशीमा ४ सय २० वटा मुद्दा दैनिक पेशी सुचीमा चढेकोमा ४० वटा मात्रै मुद्दा फैसला भएका हो । जुन समग्र मुद्दाको आधारमा हेर्ने हो भने ९ दशमलव ५ प्रतिशत हुन आउँछ ।

सर्वोच्च अदालतका अनुसार १०९ वटा मुद्दा हेर्न नभ्याइने सूचीमा रहेका छन । जुन ४९ दशमलव २९ प्रतिशत हो । ४५ वटा मुद्दा हेर्दा हेर्दैमा, १६ वटा मुद्दामा आदेश, ३ वटा मुद्दा स्थगित र २ सय ७ वटा मुद्दा हेर्न नमिल्ने सूचीमा रहेका छन् ।

 

*सोमबार हुनु पर्नेमा मंगलबार भएकोले सच्याइएको छ । सम्पादक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज