हाजिरी जमानीमा छुटे महरा

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा अनुसन्धानका लागि बोलाएका बेला आउने गरी हाजिरी जमानीमा छुटेका छन् । शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिएको हो । प्रहरीले महरालाई जेठा छोरा निर्मलको जिम्मा लगाइएको छ ।

सुन तस्‍करका मुख्य नाइके दाओजिन वाङसँग सम्पर्क गरेको देखिएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महरालाई संगठित अपराध कसुरमा महरालाई चैत ५ गते कपिलवस्तुबाट पक्राउ गरि काठमाडौं ल्याएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले महराको स्वास्थ्य अवस्थालाई हेरेर हाजिरी जमानतमा छाडिएको जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज