अदालतका फैसला कार्यान्वयनबारे संसदीय समितिमा बिहीबार छलफल हुने

काठमाडौँ । अदालतबाट भएका फैसलाहरूको कार्यान्वयनको अवस्थाबारे प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले छलफल गर्ने भएको छ। फैसला कार्यान्वयनको वर्तमान अवस्था, देखिएका चुनौती र भावी कार्ययोजनाबारे समीक्षा गर्न समितिले यही भदौ ११ गते बिहीबारका लागि बैठक आह्वान गरेको हो।

सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने उक्त बैठकमा फैसला कार्यान्वयन निर्देशनालयसँग प्रत्यक्ष छलफल गर्ने कार्यसूची तय गरिएको छ।

उक्त बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, मन्त्रालयका सचिव तथा फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशकलाई आमन्त्रण गरिएको छ। छलफलका क्रममा फैसला कार्यान्वयनको विद्यमान स्थिति, व्यावहारिक तथा कानूनी जटिलता र आगामी दिनमा अपनाउनुपर्ने कार्ययोजनाका विषयमा विचार-विमर्श हुनेछ।

सम्बन्धित समाचार

ताजा न्यूज