सम्पत्ति शुद्धीकरण मुद्दा: व्यवसायी भट्ट र अग्रवाल थुनामा, विष्णु पौडेललाई तारेख

काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो अभियोग दर्ता भएपछि विशेष अदालतले व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको संयुक्त इजलासले थुनछेक बहसपछि दुवै व्यवसायीलाई थुनामा पठाउने फैसला गरेको हो।

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पहिलो मुद्दामा पहिले नै थुनामा रहेका भट्ट र अग्रवाललाई अर्को थप अभियोगमा अदालतसमक्ष उपस्थित गराइएको थियो। सोही मुद्दाका प्रतिवादी रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई भने अदालतले साधारण तारेखमा राख्ने आदेश दिएको छ। विशेष अदालतको यो आदेशसँगै दुवै व्यवसायीको न्यायिक हिरासत बसाइ थप लम्बिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज