विश्वविद्यालयमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित विभिन्न विद्यार्थी संगठनहरूले सरकारको उक्त कदम विरुद्ध दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारको सो निर्णयलाई तत्कालका लागि रोक्दै अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने भन्ने विषयमा थप छलफलका लागि दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ। यस आदेशसँगै विद्यार्थी संगठनका गतिविधिमाथि लगाइएको कानूनी अवरोध हाललाई निष्क्रिय भएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज