एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न अदालतको आदेश

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न अदालतले आदेश दिएको छ। ललितपुर जिल्ला अदालतकी न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले दुवै जना शीर्ष पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको हो।

अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीका अनुसार सोही प्रकरणमा नियन्त्रणमा लिइएका अन्य दुई पदाधिकारीलाई भने धरौटीमा छाड्न आदेश दिइएको छ। जसअनुसार एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी १५ लाख रुपैयाँ र लेखा अधिकृत सञ्जीव पाण्डे १२ लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुने भएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गहन छानबिन गरी बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले बिहीबार अध्यक्ष नेम्वाङ र महासचिव राईसहित चार जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो। मुद्दा दर्ता भएसँगै अदालतले फरार रहेका उच्च पदाधिकारीहरूलाई नियन्त्रणमा लिई कानून अनुसार कारबाही अघि बढाउन पक्राउ पुर्जी जारी गरेको हो।

सम्बन्धित समाचार

ताजा न्यूज