काठमाडौँ । हालैको बाढी र पहिरोबाट उत्पन्न संकटका कारण राहत तथा उद्धार कार्यमा खटिनुपर्ने जनाउँदै प्रतिनिधि सभाको बैठक अर्को सूचना नभएसम्मका लागि अनिश्चितकालका लागि स्थगित गरिएको छ।
बुधबारको संसद् बैठक समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले बिहीबार दिउँसो १ बजेका लागि अर्को बैठक तय गरेका थिए। तर, मुलुकभर बाढी र पहिरोले निम्त्याएको विपद्को परिस्थितिमा सरकारका साथसाथै सांसदहरूसमेत राहत तथा उद्धार लगायतका काममा प्रत्यक्ष संलग्न हुनुपर्ने भएकाले तोकिएको समयमा बैठक बस्न नसक्ने भन्दै संसद् सचिवालयले सूचना प्रकाशित गरेको हो। अर्को सूचना जारी नभएसम्मका लागि प्रतिनिधि सभाका बैठकहरू स्थगित रहनेछन्।

