मधेसका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौं । काठमाडौं जिल्ला अदालतले मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (राजेश अहिराज) लाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। मंगलबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई सो कसुरमा दोषी ठहर गरेको हो। अदालतले उनलाई दोषी ठहर गरे पनि सजाय निर्धारण भने आगामी बिहीबार (असार ३२ गते) को पेसीबाट हुने जनाएको छ।

अहिराजविरुद्ध २०८१ जेठ ४ गते काठमाडौंको नयाँबानेश्वरस्थित डेरामा बसेकी एक युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा दायर भएको थियो। घटनापछि उनले पीडितलाई धम्की दिएकोसमेत आरोप लागेको थियो। पीडितले २०८१ माघ ३ गते जाहेरी दिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। लामो समय फरार रहेका अहिराजलाई २०८२ साउन ४ गते प्रहरीले पक्राउ गरेको थियो।

अदालतले यस मुद्दामा पीडित पक्षको बलात्कारसम्बन्धी दाबीलाई सदर गरे पनि अहिराजमाथि लगाइएको आपराधिक लाभसम्बन्धी दाबीमा भने पर्याप्त प्रमाण नपुगेको भन्दै सो भागमा दाबी नपुग्ने आदेश दिएको छ। उनी २०७७ फागुन ७ देखि २०७८ साउन ३२ गतेसम्म मधेस प्रदेशको प्रदेश प्रमुखका रूपमा कार्यरत थिए। अहिराज अहिले केन्द्रीय कारागार, सुन्धारामा थुनामा रहेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज