काठमाडौं । अर्थ मन्त्रालयले मातहतका निकाय र कर्मचारीविरुद्ध घुस र अनियमितताबारे गुनासो गर्न सकिने व्यवस्था सार्वजनिक गरेको छ।
मन्त्रालयले आफ्नो मातहतका विभाग, बैंक तथा वित्तीय संस्थामा सेवाग्राहीले कुनै काममा अनावश्यक ढिलाइ, दबाब वा घुस मागिएको अवस्थामा प्रत्यक्ष मन्त्रालयमा जानकारी दिन आग्रह गरेको हो।
यसका लागि अर्थमन्त्री रमेश्वर खनालको व्यक्तिगत इमेल [email protected], मन्त्रालयको आधिकारिक इमेल [email protected], र हटलाइन नम्बर १८१०५००००४०१ उपलब्ध गराइएको छ।
यसबाहेक, सेवाग्राहीहरूले मन्त्रालयका उपसचिव निरन भट्टराई वा शाखा अधिकृत पवित्रा ज्ञवालीलाई पनि प्रत्यक्ष सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

