नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले नयाँ मन्त्रीहरूलाई मन्त्रिपरिषद्मा समेट्दै सोमबार शपथग्रहण गराएको छ। राष्ट्रपति निवास शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाए।

शपथ लिने मन्त्रीहरूमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल र विज्ञ डा. मदन परियार रहेका छन्।

पदबहालीसँगै सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खरेलले सञ्चार तथा सूचना मन्त्रालय र परियारले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यसअघि मन्त्रीका रूपमा सिफारिस गरिएकी अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम अन्तिम समयमा आएर स्थगित भएको छ।

गत भदौ २७ गते प्रधानमन्त्री बनेकी सुशीला कार्कीको नेतृत्वमा मन्त्रिपरिषद् अहिले ८ सदस्यीय बनेको छ। शपथ समारोहमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।

सम्बन्धित समाचार

ताजा न्यूज