ललितपुरमा ९१ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ, पैसा गन्ने मेसिन र गाँजासमेत बरामद

काठमाडौँ । ललितपुरको भनिमण्डलबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक जनालाई पक्राउ गरेको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट खटिएको विशेष टोलीले सिन्धुलीका गौरव स्याङ्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।

प्रहरीका अनुसार स्याङ्तानको साथबाट ९१ लाख ५० हजार रुपैयाँ नगद, पैसा गन्ने मेसिन र १ किलो ४०० ग्राम गाँजा बरामद गरिएको छ।

अवैध रकमको कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको टोलीले स्याङ्तानलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ। हाल प्रहरीले रकमको स्रोत र उद्देश्यबारे थप अनुसन्धान गरिरहेको जनाएको छ

सम्बन्धित समाचार

ताजा न्यूज