भीडको चित्त बुझाउन होइन, प्रमाणको आधारमा न्याय गर्ने हो: सरोज घिमिरे अधिवक्ता

आजकल कोही पनि कोही प्रति संवेदनशील देखिँदैन । समाज न पीडित प्रति न अभियोग लागेको व्यक्ति प्रति संवेदनशील छ । सञ्चार त झन् जे बेच्दा भाउ बढ्छ त्यही खोज्छ । चुनौतीलाई व्यापारसँग जोड्छ । सञ्चार पनि मिडिया पनि व्यापार जाला भनेर डराउँछ । अहिलेको मिडिया व्यापार भनेको अदालत प्रति प्रहार गर्नु देखिन्छ । सबलाई जसरी पनि फैसला आफैलाई सुहाउने चाहियो । न्यायमूर्तिले त्यही गर्न पर्‍यो । आँट गर्ने न्यायमूर्तिहरू थोरै छन् यहाँ।

हाम्रो समाज यस्तो बनेको छ कि अदालत त्यही मिडिया र समाजसँगै कुदोस्, मिडियामा जे बिक्छ अनि समाजले जे बुझेको छ त्यही स्थापित गरोस् । मिडिया ट्रायलको बारेमा कानुन व्यवसायी र न्याय मूर्तिलाई बाहेक अरूलाई धेरै थाहा नहुने रैछ । अरू त जे मिडियामा आयो त्यही नै सत्य र शाश्वत ठान्ने जमात जो ठुलो छ । आफ्नो न्याय मूर्तिलाई साहस दिन अनि सही न्याय गर्न सक्ने वातावरण दिन न्यायपालिका पनि चनाखो हुनु पर्छ । गलत फैसला गर्छन् भने न्यायमूर्तिलाई दण्डित गर्नु पर्दछ तर जस्तो सुकै परिस्थितिमा निडर भई फौजदारी न्यायका मान्य सिद्धान्त भित्र बसेर फैसला गर्ने हिम्मत राख्छन् भने संरक्षण गर्नु पर्दछ । अहिले चुनौती लिने न्यायमूर्तिहरू थोरै छन् । धेरै मुद्दा हेर्न चाहँदैनन् किनकि मिडिया, अभियन्ता र समाजको ठुलो तप्काले चाहेको बमोजिम फैसला गर्न मुद्दाको मिसिलले दिँदैन, फैसला वास्तविक प्रमाणमा टेकेर गर्‍यो भने दुःख दिन्छन् भन्ने न्याय मूर्तिहरू धेरै छन् । भारतका पूर्व प्रधान न्यायाधीश डी आइ चन्द्र चुडले भनेका थिए तल्ला अदालतका न्यायमूर्ति गम्भीर मुद्दामा फैसला गर्न डराउँछन् किन भने उनीहरूलाई समाज र सञ्जालले तर्साउँछ । हाम्रोमा यो वास्तविकता देखिएको छ ।

गलत फैसलाहरू उल्टी हुन्छन् यदि वस्तु निष्ठ रूपमा प्रमाणित हुन्छ भने । वस्तुनिष्ठ प्रमाण पुर्‍याउने पर्ने भार बादीकोमा हुन्छ भनेर धेरै नजिर स्थापित गरिसकेको छ । फौजदारी न्याय त्यसैमा टिकेको हुन्छ । फौजदारी न्याय अनुमान, शङ्का र दबाबको प्रतिफल हुन सक्दैन । उहिले २०३१ सालमा सर्वोच्च अदालतले चिन्तित व्यक्तिले देखेको सपनामा विश्वास गरी मुद्दाको जड कुरा बनाउनु उचित नहुने र संकाकुल तथ्यमा अभियुक्तलाई दोषी साबित गर्न नहुने । जुन अपराधलाई नै घटेको हो वा होइन भनी शङ्का बुझिएको छ भने अभियुक्तलाई सजाय गर्न मनासिब नहुने। शङ्कालाई साबित प्रमाणले गर्ने भनी सकेको छ । के अब अदालतले वारदातको अनुमान गरेर फैसला गर्ने, सपनालाई आधार मानेर फैसला गर्ने ? त्यसो हो भने कानुन व्यवसायी लाइब्रेरीमा होइन नाटक घरमा कला सिक्न जानु पर्‍यो । अध्ययन अनुसन्धान होइन कलाकारिता सिक्नु पर्‍यो । आफ्नो अनुकूल नआएको फैसला माथि शङ्का गर्ने हो भने हरेक फैसला शङ्का गरे भो अदालतलाई कमजोर बनाए भो ।

मैले अस्ति भर्खर गम्भीर अपराधको आरोपमा सजाय भोगिरहेका एक पक्षको प्रतिरक्षा गरेको मुद्दाका बादी तर्फका एक जना कानून व्यवसायीले भने सरोज जी यो मुद्दा आज फैसला हुँदै छ भन्ने थाहा भएको भए सबै समाचारहरूमा अभियुक्त आज छुट्दैछन् भनेर बिहानै लेखाई दिन्थे अनि ….

अचम्म त म प्रतिरक्षा गर्ने कानून व्यवसायी हुँ भन्ने वरिष्ठ देखि कनिष्ठसम्मका केही विद्वानज्यूहरू समेत मिसिल नपढी सामाजिक सञ्जालमा दोषी प्रमाणित गरिदिन्छन् । त्यो व्यावसायिक आचरण भन्दा बाहिर हो जस्तो लाग्छ । कानून व्यवसायीले राख्ने धारणा सर्वसाधारण सरह हुनु भनेको व्यावसायिक ज्ञानको कमी हो भन्ने लाग्दछ । कानून व्यवसायीको धारणा कानून अनुसन्धान पद्धतिको विधि मार्फत सिर्जित हुनु पर्दछ भावनामा होइन । कम से कम कानून व्यवसायीले सोच्नु पर्दछ कि उ किन अरू भन्दा फरक र जिम्मेदार छ । उसको व्यावसायिक आधार के हो ? उसको व्यवसायलाई खास गरी फौजदारी न्यायमा काम गर्ने कानून व्यवसायीको दोषी निर्दोष गर्ने कानून जसलाई फौजदारी न्यायको संविधान भनिन्छ ( प्रमाण कानून ) को मान्यता के हो ? आधार के हो ? बुझ्नु पर्दछ । फौजदारी न्याय भित्र गम्भीर समस्या छन् । गलत अनुसन्धानका कारण निर्दोष पनि दोषी ठहरिन्छ न दोषी उम्कन्छन् । तर फेरि अनुसन्धानले खोज्ने प्रमाण हो । अपराधीले विश्वसनीय प्रमाण छोडेको हुन्छ यदि अपराधमा आफै संलग्न छ भने । अब प्रमाण वस्तुगत हुने की भावनात्मक हुने त्यो त महत्त्वपूर्ण कुरा होला नि ।

 

सम्बन्धित समाचार

ताजा न्यूज