काठमाडौं । भैरहवामा क्यासिनोका लाइसेन्स वितरण गर्ने क्रममा घुस खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा स्टाटस लेखेका नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईविरुद्ध संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पार्टी कार्यालयमा उजुरी दर्ता गरेका छन् ।
बजगाई र पाण्डे दुबै नेपाली कांग्रेसका सांसद सदस्य हुन । मन्त्री पाण्डेले सांसद बजगाईंले सामाजिक सञ्जालबाट कुप्रचार गरेर आफनो बद्नाम गरेको भन्दै पार्टी कार्यालयमा उजुरी दिएका हुन् ।
केही दिन अघि सांसद बजगाईंले मन्त्री पाण्डेले भैरहवामा क्यासिनोका लाइसेन्स वितरण गर्ने क्रममा घुस खाएको आरोप लगाएका थिए ।