ठगी र आपराधिक विश्वासघातको अभियोगमा स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी पक्राउ

काठमाडौं। ठगी तथा आपराधिक विश्वासघातको कसुरमा स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ। एसएसपी शिवकुमार श्रेष्ठका अनुसार जोशीलाई काठमाडौंको खुर्सानीटारबाट सोमबार नियन्त्रणमा लिइएको हो।

जोशीले २०७० वैशाख २ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि अनुमतिपत्र लिएका थिए, तर नवीकरण नगरेका कारण २०८० वैशाख ३ गते उक्त अनुमतिपत्र स्वतः रद्द भएको थियो। अनुमतिपत्र रद्द भएपछि त्यसको दूरसञ्चार पूर्वाधार, संरचना र सञ्जाल लगायतका सम्पूर्ण सम्पत्ति प्राधिकरणको नियन्त्रणमा रहने कानूनी व्यवस्था भए पनि जोशीले बेइमानीपूर्वक सरकारको हक टुटाउने उद्देश्यले काम गरेको आरोप छ।

सरकारी सम्पत्तिमाथि ठगी र आपराधिक विश्वासघात गरेको अभियोगमा उनीमाथि अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जोशीले सरकारी सम्पत्तिको हक हस्तान्तरणमा अवरोध पुर्‍याएको र बेइमानी गरेको दाबीसहित प्रहरीले कारबाही अघि बढाएको हो।

सम्बन्धित समाचार

ताजा न्यूज