नेपाल प्रहरीका असई र वरिष्ठ हवल्दार २० हजार घुससहित पक्राउ

महोत्तरी । नेपाल प्रहरीका असई र वरिष्ठ हवल्दार २० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले महोत्तरीको गौशाला नगरपालिका १२ स्थित कान्तिबजार प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) शर्मा प्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मञ्जितकुमार झालाई आइतबार घुस रकमसहित पक्राउ गरेको हो ।

अख्तियारका अनुसार उनीहरुले जग्गा सम्बन्धी विवादमा अदालतको आदेश कार्यान्वयन गराउन स्थानीय एक सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएका थिए । ठेक्का लिएको जग्गाको विवादमा अदालतले दिएको आदेश कार्यान्वयन गराइदिने भन्दै ती प्रहरी अधिकारीले सेवाग्राहीसँग घुस मागेका थिए । प्रहरीले घुस मागेपछि सेवाग्राहीले अख्तियारमा पूर्वउजुरी दिएका थिए । अख्तियारले सेवाग्राहीको उजुरीका आधारमा २० हजार रुपैयाँ घुस रकम सहित ती प्रहरी कर्मचारीलाई रंगेहात पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान गरिने अख्तियारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज