काठमाडौं। गृह मन्त्रालयको निर्णयअनुसार नख्खु कारागारका जेलर भीमराज कोइरालालाई डोल्पा सरुवा गरिएको छ। उनी अब जिल्ला प्रशासन कार्यालय, डोल्पामा नयाँ जिम्मेवारी सम्हाल्नेछन्।
नख्खु कारागारमा हिजो मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देहीबाट कारागार सरुवा गरि ल्याइएको थियो । आज दिउँसो मात्रै माओवादी अध्यक्ष प्रचण्डले नख्खु कारागार पुगेर लामिछानेसँग भेट गरेका थिए ।

