काठमाडौँ । बैंकिङ कसुर मुद्दामा नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारको मूल गेटबाटै पक्राउ परेका छन्। प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूको छलफलमा सहभागी भई फर्कने क्रममा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ परेका अध्यक्ष तामाङलाई आवश्यक कानूनी कारबाहीका लागि प्रहरी वृत्त दरबारमार्ग बुझाइएको छ।

