अपेनको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, कृष्णकुमार बोहोराको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ। देशैभरका प्रि-स्कुल सञ्चालकहरूको छाता संगठन, एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) को तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले कृष्णकुमार बोहोराको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

अध्यक्ष र महासचिव पदमा प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिएको थियो भने कार्यसमितिका अन्य सबै पदमा पदाधिकारीहरू सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचित नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राज्यलक्ष्मी बैदार तथा उपाध्यक्षहरूमा उमानाथ निरौला र शारदा पाण्डे रहेका छन्। त्यसैगरी, प्रादेशिक प्रतिनिधित्वका तर्फबाट रेखा हमाल (बागमती प्रदेश) र अर्जुन सिंह क्षेत्री (लुम्बिनी प्रदेश) चयन भएका छन्।

समितिको महासचिवमा सम्झना बस्नेत निर्वाचित भएकी छिन्। सचिवहरूमा अनिल आचार्य र निर्मल नेपाल तथा कोषाध्यक्षमा रेनुका कोइराला रहेका छन्। सदस्यहरूमा मुना दाहाल, प्रकाश अधिकारी, ताराप्रसाद पन्थ, प्रकाश अधिकारी (लुम्बिनी), मुना श्रेष्ठ, उमेश अधिकारी, सृष्टि ढुङ्गाना र किरण गोसाईं निर्वाचित भएका छन्।

अपेनको विधानअनुसार निर्वाचित नयाँ पदाधिकारी तथा सदस्यहरूको कार्यकाल २ वर्षको हुनेछ। नयाँ कार्यसमितिले प्रि-स्कुल शिक्षाको क्षेत्रमा नीतिगत सुधार र सञ्चालकहरूको हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज