काठमाडौँ । विस्फोटक पदार्थसम्बन्धी घटनामा पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा (राजकुमार तामाङ) लाई पार्टीले निलम्बन गरेको छ।
पार्टी अध्यक्ष हर्क साम्पाङद्वारा जारी विज्ञप्तिमा अनुसन्धान प्रक्रियामा कुनै प्रकारको प्रभाव वा दबाब नपरोस् भन्ने उद्देश्यले अनुसन्धानको निष्कर्ष नआएसम्मका लागि उनलाई उपाध्यक्ष पदबाट निलम्बन गरिएको जनाइएको छ। निलम्बन आजकै मितिबाट लागू हुने उल्लेख गरिएको छ।
लामालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार काठमाडौँको कपन क्षेत्रबाट पक्राउ गरेको थियो।
२०८१ भदौ १४ गते भएको बम विस्फोटको घटनामा एक बालिकाको मृत्यु हुनुका साथै दुई जना घाइते भएको थियो। सोही घटनासँग सम्बन्धित मुद्दामा उनीविरुद्ध अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


