काठमाडौं । सरकारले ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना तत्काल रोक्का गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
त्यसैगरी ३ करोडभन्दा बढी लागत भएका तर आयोजना बैंकमा प्रविष्ट नभएका वा राजनीतिक दबाबमा राखिएका आयोजना पनि रोक्का गरिने भएको छ।
अर्थमन्त्री रामेश्वर खनालका अनुसार यस निर्णयले करिब १ खर्ब २० अर्ब रुपैयाँ बच्ने अनुमान छ। बचत भएको रकमबाट पहिल्यै काम सम्पन्न भए पनि भुक्तानी पाउन बाँकी रहेका निर्माण व्यवसायीलाई तिर्ने र राष्ट्रिय गौरवका ठूला आयोजना छिटो अगाडि बढाउने व्यवस्था मिलाइने उनले बताए।

