नेतृत्वको मूल्याङ्कन गर्दा आजको नेपालको राजनीतिक परिदृश्यमा एउटा अत्यन्त मौलिक र समयसापेक्ष प्रश्न उठ्छ-नेताहरू ‘सस्टेन’ (sustain) हुने कोसिस गर्दैछन् कि केवल ‘सर्भाइभ’ (survive) हुन मात्रै खोज्दैछन् ? यो प्रश्न केवल एक भाषिक विभाजन मात्र होइन, नेतृत्वको सोच, रणनीति, कार्यशैली र परिणाममा पर्ने प्रभावको गहिरो विश्लेषण हो। यिनै दुई धारणाबीचको अन्तरले नेतृत्वको औचित्य मात्र होइन, मुलुकको भविष्य पनि निर्धारण गर्छ। नेपाली राजनीतिमा आज देखिएको अनिर्णय, अवसरवाद, स्खलन र दिशाहीनता यही सन्दर्भमा बुझिनुपर्छ।
राजनीतिमा सस्टेन हुनु भनेको के हो ?
‘सस्टेन’ हुनुको आशय केवल समय बिताउँदै सत्तामा रहिरहनु होइन। यो भनेको दीर्घकालीन सोचसहितको नेतृत्व हो, जसले मुलुकलाई संस्थागत, नीति निर्माण र सामाजिक-आर्थिक रूपान्तरणतर्फ डोर्याउँछ। यस्तो नेतृत्वले ‘प्रभाव कायम राख्ने’ काम गर्छ, न कि केवल ‘उपस्थित रहने’। सस्टेनेबल नेताले मूल्य, नैतिकता र विचारका आधारमा नीति बनाउँछ, जसले समयको कठोर परीक्षामा पनि आफूलाई प्रमाणित गर्छ।
सस्टेन नेताले नागरिकको चेतनालाई उकास्छ, लोकतन्त्रलाई जीवन्त बनाउँछ, र राष्ट्रिय सन्दर्भलाई अन्तर्राष्ट्रिय धरातलमा स्थापित गर्छ। उसले शक्ति होइन, ‘सिस्टम’ निर्माणमा विश्वास गर्छ। त्यसैले यस्तो नेतृत्वले केवल समय मात्रै बिताउने होइन, सन्देश पनि छाडेर जान्छ।
गान्धी, मण्डेला, बीपी कोइराला वा अम्बेडकरजस्ता विश्व–नेताहरूका उदाहरण हेर्दा बुझिन्छ उनीहरूको प्रभाव केवल शासन कालमा सीमित थिएनस उनीहरू विचार बने, आन्दोलन बने समग्रमा एउटा शिक्षण बने।
राजनीतिमा सर्भाइभ गर्नु भनेको के हो ?
सर्भाइभ हुनुको अर्थ हो-परिस्थितिसँग समायोजन गर्दै, कुनै पनि हालतमा आफ्नो अस्तित्व जोगाउने प्रयास गर्नु यस्तो प्रवृत्तिमा स्थायीत्वको कुनै सोच हुँदैन, जहाँ केवल अवसर र जोखिमको समिश्रणबाट तत्कालीन लाभ खोजिन्छ। यसरी सर्भाइभ गर्न खोज्ने नेताहरू आफ्नो पद, पहुँच, प्रतिष्ठा जोगाउनका लागि कुनै पनि विचार, सिद्धान्त, वा संगठन सँग सम्झौता गर्न पछि पर्दैनन्।
सिद्धान्तभन्दा सत्ता, नीतिभन्दा अवसरगत गठबन्धन, र जनता भन्दा जमातलाई प्राथमिकता दिने यस्ता प्रवृत्तिहरू आजका नेपाली राजनीतिमा विकराल समस्याका रूपमा देखिएका छन्। नेपालको विगत तीन दशकको राजनीतिलाई हेरौं-पञ्चायतपछिको बहुदलीय प्रणाली, २०६२/०६३ को जनआन्दोलन, संघीय संरचना सहित संविधानको निर्माण र पछिल्ला निर्वाचनहरू हेर्ने हो भने हरेक चरणमा हामीले नयाँ नेतृत्वको आशा गरेका थियौं, तर व्यवहारमा सर्भाइभ गर्न मात्र आतुर नेतृत्वहरू हाबी भएँ जो नयाँ देखिए ति पनि यो वा त्यो तरिकाबाट सर्भाइभ मात्रै हुन खोजे। जो केही सस्टेन हुन प्रयासरत थिए तिनिहरू पनि सर्भाइभ हुन खोज्नेहरूको छाँयामा परे ।
राजनीतिक दलहरू विचारधाराको आधारमा गठन भए पनि आज ती दलहरू ‘सत्तामा रहने प्रविधि’ मात्रै बन्न पुगेका छन्। सस्टेन नेतृत्व खोज्ने क्रममा हामी दिन प्रतिदिन निराश बनिरहेका छौं। प्रमुख नेताहरूको आचरण, निर्णयप्रक्रिया र गठबन्धनप्रतिको आशक्ति नै यसको प्रमाण हो।
युवा पुस्ताले सोध्न थालेको छ के अबको राजनीति विचारको हो कि व्यापार ? पद प्राप्ति नै उपलब्धि हो कि प्रणालीको निर्माण ? यी प्रश्नहरूको उत्तर सस्टेन नेतृत्वसँग मात्र छ।
एक नेताको साँचो परीक्षण उसको वक्तृत्व, वाचा वा घोषणापत्रमा होइन-उसको व्यवहार, आचरण र दीर्घकालीन परिणाममा पनि हुन्छ। आज नेपाली राजनीतिमा नेतृत्वको शिल (character), स्वभाव (attitude) र प्रवृत्ति (tendency) को गहिरो विश्लेषण आवश्यक छ।
सस्टेन नेता, सेवक बन्न तयार हुन्छ भने सर्भाइभ नेता सामन्त बन्न तत्पर हुन्छ र त्यसैका लागि हरक्षण भगिरथ प्रयास गर्छ। सस्टेन नेता संस्थामा विश्वास गर्छ, सर्भाइभ नेता व्यक्तिमा, सस्टेन नेता आलोचना सहनसक्छ, सर्भाइभ नेता चापलुसी खोज्छ, सस्टेन नेता नीतिगत सुधारमा केन्द्रित हुन्छ भने सर्भाइभ नेता नियुक्ति र अनुदानमा रमाउँछ।
यिनै अन्तरहरूले राजनीतिमा नेतृत्वको स्तर निर्धारण गर्छ। आज हाम्रो मुलुकमा गरिबी, बेरोजगारी, स्वास्थ्य सेवा, शिक्षाको गुणस्तर, न्याय प्रणाली र समावेशीतामा देखिएको असमानता यी सबैमा प्रभावकारी नेतृत्वको अभाव स्पष्ट देखिन्छ।
एकातिर असफलताकै बीचमा पनि केही आशाका उज्यालाहरू पनि देखिन्छन्। पालिकास्तरमा केही युवा नेतृत्वहरूले पारदर्शिता, उत्तरदायित्व र दीर्घकालीन योजना प्रस्तुत गरेर उदाहरणीय काम गरेका छन्, कतिपय युवाले पार्टी अनुशासनभित्रै रही नीतिगत बहस उठाएका छन्। केहीले स्थानीय स्रोतको सदुपयोग, डिजिटल प्रविधिको उपयोग र पारदर्शी प्रशासनको अभ्यासमार्फत सस्टेन नेतृत्वको सम्भावना देखाएका छन्। यस्ता प्रयासहरूलाई सघाउने वातावरण निर्माण गर्न सकिए मात्र हामी सस्टेन नेतृत्वतर्फ अघि बढ्न सक्छौं। तर अपसोच केन्द्रमा यसको ठूलो खडेरी छ ।
अव नेपाली राजनीतिक भूगोलमा किन आवश्यक छ त सस्टेन नेतृत्व ?
१. संविधानको रक्षा गर्न – संविधानको मर्म र भावना बुझ्ने र त्यसअनुसार शासन सस्टेन नेतृत्वले मात्रै गर्न सक्छ। अन्यथा, संविधान केबल एउटा ’शब्दकोश’ मात्र बन्छ।
२. सामाजिक समावेशिता – दिगो विकासको मूल आधार विविधतालाई समेट्ने नेतृत्व हो। सर्भाइभ प्रवृत्तिले सत्ता समिकरणमा सीमित जातीय भाषिक संकुचन ल्याउँछ।
३. आर्थिक स्वावलम्बन – दीर्घकालीन योजनाबाट मात्र आर्थिक विकास सम्भव हुन्छ। सर्भाइभ नेताको प्राथमिकता बजेट ‘बाँडफाँड’ त्यसबाट लिन सकिने लाभगत धारणा र व्यवहार मात्रै हो, जनकेन्द्रित रूपमा गरिने उपलव्धिमुलक लगानी या नवप्रवर्तन भने होइन।
४. वैदेशिक सम्बन्ध – राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्र नीति सस्टेन नेतृत्वको प्राथमिकता हुन्छ। सर्भाइभ नेतृत्व विदेशी दबाबमा नीति समेत बदल्न तयार हुन्छ।
५. नयाँ पुस्ताको निर्माण – सस्टेन नेताले नयाँ नेतृत्व उत्पादन गर्छ, सर्भाइभ नेताले केवल प्रतिस्पर्धी हटाउने रणनीति बनाउँछ।
अब नेपालले ‘सर्भाइभ’ होइन, ‘सस्टेन’ नेतृत्वको खोजी गर्नुपर्छ। यो खोजी केवल नेताहरूले गर्ने होइन, तिनका कार्यकर्ताले त यो कल्पना बाहिरको नै कुरा भयो । यो त केवल सच्चा जनताले गर्नुपर्छ। लोकतन्त्रमा जनताको चनाखोपन नै परिवर्तनको इन्धन हो। हामीले मूल्य, निष्ठा र दृष्टिकोण भएको नेतृत्व रोज्नुपर्छ, न कि व्यक्तिको चमक वा हल्लाको भरमा मतदान गर्ने र नेतृत्व चयन गर्ने ।
प्रश्न फेरिनुपर्छ “को जित्ला ?” होइन, “को दीर्घकालीन सोच बोकेको छ?” “को पदमा पुग्ला?” होइन, “को नीतिमा सुदृढ छ?” “कोसँग जनभावनाको पहुँच छ?” होइन, “कोसँग दृष्टिकोण र जिम्मेवारी छ?”
जब नागरिकले यस्तो नेतृत्व माग्न थाल्छ, तब मात्रै नेपाली राजनीति सस्टेनेबल बन्नेछ। सस्टेन राजनीति नै हाम्रो संविधानको आत्मा हो। त्यस आत्मालाई केवल सर्भाइभ नेताहरूको हाँतमा सुम्पिनु भनेको भविष्यलाई असंवैधानिक बनाउनु हो। अब समय आएको छ-नेतृत्वको सोच र शैली परिवर्तन गर्ने, योजना बनाउने, छलफल गर्ने र ८४ का लागि तयार रहने ।
अतः हामी ‘सर्भाइभ’ राजनीतिले हैन, ‘सस्टेन’ राजनीतिले अघि बढ्न सक्छ भन्नेमा विश्वास राख्दै ‘सस्टेन’ राजनीति संस्कारको विकासमा होमिनुपर्छ। त्यस्तो नेतृत्वको खोजी अहिले भएका दल भित्र छन भने त्यहाँबाट पनि गर्न सकिन्छ, यदि छैन्न, भने तिनको विकल्पमा नयाँ सृजना गर्न सकिन्छ तर लाग्नु त आजै देखि पर्यो, नत्र सदा झै रातरहे अग्राख पलाउछ भन्ने उखान फेरी चर्चा मै रहन्छ। जे होस सच्चा उत्तरदायी नेतृत्वको खोज अबको विकल्प हुनुपर्छ त्यसमा विलम्ब गर्न मिल्दैन ।
सस्टेन हुने कि सर्भाइभ ? नेपाली राजनीतिमा नेतृत्वको प्रवृत्तिको विमर्श
नेतृत्वको मूल्याङ्कन गर्दा आजको नेपालको राजनीतिक परिदृश्यमा एउटा अत्यन्त मौलिक र समयसापेक्ष प्रश्न उठ्छ-नेताहरू ‘सस्टेन’ हुने कोसिस गर्दैछन् कि केवल ‘सर्भाइभ’ हुन मात्रै खोज्दैछन् ?
यो प्रश्न केवल एक भाषिक विभाजन मात्र होइन, नेतृत्वको सोच, रणनीति, कार्यशैली र परिणाममा पर्ने प्रभावको गहिरो विश्लेषण हो। यिनै दुई धारणाबीचको अन्तरले नेतृत्वको औचित्य मात्र होइन, मुलुकको भविष्य पनि निर्धारण गर्छ। नेपाली राजनीतिमा आज देखिएको अनिर्णय, अवसरवाद, स्खलन र दिशाहीनता यही सन्दर्भमा बुझिनुपर्छ।
राजनीतिमा सस्टेन हुनु भनेको के हो ?
‘सस्टेन’ हुनुको आशय केवल समय बिताउँदै सत्तामा रहिरहनु होइन। यो भनेको दीर्घकालीन सोचसहितको नेतृत्व हो, जसले मुलुकलाई संस्थागत, नीति निर्माण र सामाजिक आर्थिक रूपान्तरणतर्फ डोर्याउँछ। यस्तो नेतृत्वले ‘प्रभाव कायम राख्ने’ काम गर्छ, न कि केवल ‘उपस्थित रहने’। सस्टेनेबल नेताले मूल्य, नैतिकता र विचारका आधारमा नीति बनाउँछ, जसले समयको कठोर परीक्षामा पनि आफूलाई प्रमाणित गर्छ।
सस्टेन नेताले नागरिकको चेतनालाई उकास्छ, लोकतन्त्रलाई जीवन्त बनाउँछ, र राष्ट्रिय सन्दर्भलाई अन्तर्राष्ट्रिय धरातलमा स्थापित गर्छ। उसले शक्ति होइन, ‘सिस्टम’ निर्माणमा विश्वास गर्छ। त्यसैले यस्तो नेतृत्वले केवल समय मात्रै बिताउने होइन, सन्देश पनि छाडेर जान्छ।
गान्धी, मण्डेला, बीपी कोइराला वा अम्बेडकरजस्ता विश्व–नेताहरूका उदाहरण हेर्दा बुझिन्छ उनीहरूको प्रभाव केवल शासन कालमा सीमित थिएनस उनीहरू विचार बने, आन्दोलन बने समग्रमा एउटा शिक्षण बने।
राजनीतिमा सर्भाइभ गर्नु भनेको के हो ?
सर्भाइभ हुनुको अर्थ हो परिस्थितिसँग समायोजन गर्दै, कुनै पनि हालतमा आफ्नो अस्तित्व जोगाउने प्रयास गर्नु यस्तो प्रवृत्तिमा स्थायीत्वको कुनै सोच हुँदैन, जहाँ केवल अवसर र जोखिमको समिश्रणबाट तत्कालीन लाभ खोजिन्छ। यसरी सर्भाइभ गर्न खोज्ने नेताहरू आफ्नो पद, पहुँच, प्रतिष्ठा जोगाउनका लागि कुनै पनि विचार, सिद्धान्त, वा संगठन सँग सम्झौता गर्न पछि पर्दैनन्।
सिद्धान्तभन्दा सत्ता, नीतिभन्दा अवसरगत गठबन्धन, र जनता भन्दा जमातलाई प्राथमिकता दिने यस्ता प्रवृत्तिहरू आजका नेपाली राजनीतिमा विकराल समस्याका रूपमा देखिएका छन्। नेपालको विगत तीन दशकको राजनीतिलाई हेरौं पञ्चायतपछिको बहुदलीय प्रणाली, २०६२/०६३ को जनआन्दोलन, संघीय संरचना सहित संविधानको निर्माण र पछिल्ला निर्वाचनहरू हेर्ने हो भने हरेक चरणमा हामीले नयाँ नेतृत्वको आशा गरेका थियौं, तर व्यवहारमा सर्भाइभ गर्न मात्र आतुर नेतृत्वहरू हाबी भएँ जो नयाँ देखिए ति पनि यो वा त्यो तरिकाबाट सर्भाइभ मात्रै हुन खोजे। जो केही सस्टेन हुन प्रयासरत थिए तिनिहरू पनि सर्भाइभ हुन खोज्नेहरूको छाँयामा परे ।
राजनीतिक दलहरू विचारधाराको आधारमा गठन भए पनि आज ती दलहरू ‘सत्तामा रहने प्रविधि’ मात्रै बन्न पुगेका छन्। सस्टेन नेतृत्व खोज्ने क्रममा हामी दिन प्रतिदिन निराश बनिरहेका छौं। प्रमुख नेताहरूको आचरण, निर्णयप्रक्रिया र गठबन्धनप्रतिको आशक्ति नै यसको प्रमाण हो। युवा पुस्ताले सोध्न थालेको छ के अबको राजनीति विचारको हो कि व्यापार ? पद प्राप्ति नै उपलब्धि हो कि प्रणालीको निर्माण ? यी प्रश्नहरूको उत्तर सस्टेन नेतृत्वसँग मात्र छ।
एक नेताको साँचो परीक्षण उसको वक्तृत्व, वाचा वा घोषणापत्रमा होइन उसको व्यवहार, आचरण र दीर्घकालीन परिणाममा पनि हुन्छ। आज नेपाली राजनीतिमा नेतृत्वको शिल (character), स्वभाव (attitude) र प्रवृत्ति (tendency) को गहिरो विश्लेषण आवश्यक छ।
सस्टेन नेता, सेवक बन्न तयार हुन्छ भने सर्भाइभ नेता सामन्त बन्न तत्पर हुन्छ र त्यसैका लागि हरक्षण भगिरथ प्रयास गर्छ। सस्टेन नेता संस्थामा विश्वास गर्छ, सर्भाइभ नेता व्यक्तिमा, सस्टेन नेता आलोचना सहनसक्छ, सर्भाइभ नेता चापलुसी खोज्छ, सस्टेन नेता नीतिगत सुधारमा केन्द्रित हुन्छ भने सर्भाइभ नेता नियुक्ति र अनुदानमा रमाउँछ।
यिनै अन्तरहरूले राजनीतिमा नेतृत्वको स्तर निर्धारण गर्छ। आज हाम्रो मुलुकमा गरिबी, बेरोजगारी, स्वास्थ्य सेवा, शिक्षाको गुणस्तर, न्याय प्रणाली र समावेशीतामा देखिएको असमानता यी सबैमा प्रभावकारी नेतृत्वको अभाव स्पष्ट देखिन्छ।
एकातिर असफलताकै बीचमा पनि केही आशाका उज्यालाहरू पनि देखिन्छन्। पालिकास्तरमा केही युवा नेतृत्वहरूले पारदर्शिता, उत्तरदायित्व र दीर्घकालीन योजना प्रस्तुत गरेर उदाहरणीय काम गरेका छन्, कतिपय युवाले पार्टी अनुशासनभित्रै रही नीतिगत बहस उठाएका छन्। केहीले स्थानीय स्रोतको सदुपयोग, डिजिटल प्रविधिको उपयोग र पारदर्शी प्रशासनको अभ्यासमार्फत सस्टेन नेतृत्वको सम्भावना देखाएका छन्। यस्ता प्रयासहरूलाई सघाउने वातावरण निर्माण गर्न सकिए मात्र हामी सस्टेन नेतृत्वतर्फ अघि बढ्न सक्छौं। तर अपसोच केन्द्रमा यसको ठूलो खडेरी छ ।
अव नेपाली राजनीतिक भूगोलमा किन आवश्यक छ त सस्टेन नेतृत्व ?
१. संविधानको रक्षा गर्न – संविधानको मर्म र भावना बुझ्ने र त्यसअनुसार शासन सस्टेन नेतृत्वले मात्रै गर्न सक्छ। अन्यथा, संविधान केबल एउटा ’शब्दकोश’ मात्र बन्छ।
२. सामाजिक समावेशिता – दिगो विकासको मूल आधार विविधतालाई समेट्ने नेतृत्व हो। सर्भाइभ प्रवृत्तिले सत्ता समिकरणमा सीमित जातीय भाषिक संकुचन ल्याउँछ।
३. आर्थिक स्वावलम्बन – दीर्घकालीन योजनाबाट मात्र आर्थिक विकास सम्भव हुन्छ। सर्भाइभ नेताको प्राथमिकता बजेट ‘बाँडफाँड’ त्यसबाट लिन सकिने लाभगत धारणा र व्यवहार मात्रै हो, जनकेन्द्रित रूपमा गरिने उपलव्धिमुलक लगानी या नवप्रवर्तन भने होइन।
४. वैदेशिक सम्बन्ध – राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्र नीति सस्टेन नेतृत्वको प्राथमिकता हुन्छ। सर्भाइभ नेतृत्व विदेशी दबाबमा नीति समेत बदल्न तयार हुन्छ।
५. नयाँ पुस्ताको निर्माण – सस्टेन नेताले नयाँ नेतृत्व उत्पादन गर्छ, सर्भाइभ नेताले केवल प्रतिस्पर्धी हटाउने रणनीति बनाउँछ।
अब नेपालले ‘सर्भाइभ’ होइन, ‘सस्टेन’ नेतृत्वको खोजी गर्नुपर्छ। यो खोजी केवल नेताहरूले गर्ने होइन, तिनका कार्यकर्ताले त यो कल्पना बाहिरको नै कुरा भयो । यो त केवल सच्चा जनताले गर्नुपर्छ। लोकतन्त्रमा जनताको चनाखोपन नै परिवर्तनको इन्धन हो। हामीले मूल्य, निष्ठा र दृष्टिकोण भएको नेतृत्व रोज्नुपर्छ, न कि व्यक्तिको चमक वा हल्लाको भरमा मतदान गर्ने र नेतृत्व चयन गर्ने ।
प्रश्न फेरिनुपर्छ—“को जित्ला ?” होइन, “को दीर्घकालीन सोच बोकेको छ?” “को पदमा पुग्ला?” होइन, “को नीतिमा सुदृढ छ?” “कोसँग जनभावनाको पहुँच छ?” होइन, “कोसँग दृष्टिकोण र जिम्मेवारी छ?”
जब नागरिकले यस्तो नेतृत्व माग्न थाल्छ, तब मात्रै नेपाली राजनीति सस्टेनेबल बन्नेछ। सस्टेन राजनीति नै हाम्रो संविधानको आत्मा हो। त्यस आत्मालाई केवल सर्भाइभ नेताहरूको हाँतमा सुम्पिनु भनेको भविष्यलाई असंवैधानिक बनाउनु हो। अब समय आएको छ नेतृत्वको सोच र शैली परिवर्तन गर्ने, योजना बनाउने, छलफल गर्ने र ८४ का लागि तयार रहने ।