काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज पद तथा गोपनीयताको सपथ लिँदैछन् । उनले पद तथा गोपनीयताको सपथ लिएसँगै आजै पदबहाली गर्ने गरी तयारी भइरहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्बाट नियुक्त गभर्नरले प्रधानन्यायाधीशबाट सपथ लिने संवैधानिक व्यवस्थाअनुसार पौडेलले सपथ लिन लागेका हुन् ।
सपथपछि डा.पौडेलले आजै गभर्नरको जिम्मेवारी सम्हाल्ने भएका छन् । उनले आज पदवहाली गरेसँगै कर्मचारीसँग एक चरणको छलफल गरेर आवश्यक निर्देशन समेत दिने छन् ।

