कोशीका मुख्यमन्त्रीको ‘फोन फोबिया’ !

विराटनगर । अब कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेट्न जानु छ? मोबाइल घरमै राख्नुहोस् ! होइन भने मुख्यमन्त्री कार्यालयको ढोकामै रोक लगाइनेछ किनकि मुख्यमन्त्री कार्कीलाई ‘मोबाइलसँग डर’ लागेको छ!

मुख्यमन्त्री कार्कीले अबदेखि आफूसँग भेटघाट गर्न आउने कोही पनि व्यक्तिले मोबाइल फोन साथमा ल्याउन नपाउने निर्णय गरेका छन्। मुख्यमन्त्री सचिवालयले यसलाई सुरक्षा सतर्कता र गोपनीयता सुनिश्चित गर्न गरिएको भनी स्पष्टीकरण दिए पनि सामाजिक सञ्जालमा यो निर्णय भाइरल बनिरहेको छ ।

मुख्यमन्त्रीको निजी सचिव कमल पौडेलका अनुसार, मुख्यमन्त्रीसँग हुने छलफलहरूमा संवेदनशील नीति, रणनीति र निर्णयहरू समावेश हुने भएकाले गोपनीयता अत्यन्त जरुरी छ। तर, कतिपयले प्रश्न उठाएका छन् , गोपनीयता त संवैधानिक प्रक्रिया हो, मोबाइल निषेध गरौंला भनेर लोकतान्त्रिक प्रक्रियामा ‘बन्द कोठाको छलफल’ चलाउनु कति न्यायोचित हो ?

सम्बन्धित समाचार

ताजा न्यूज