विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापकको ५ दिनमै खोसियो जिम्मेवारी 

कास्की । शैक्षिक अवलोकन भ्रमणमा जाँदा विद्यार्थीमाथि जातीय विभेद गर्ने पृथ्वीनारायण क्याम्पस, पोखराका एक जना उपप्राध्यापकको जिम्मेवारी  ५ दिनमै खोसिएको छ । विद्यार्थीमाथि जातीय विभेद गरेको पाइएपछि कारबाही स्वरुप उनलाई जिम्मेवारीबाट हटाइएको हो ।

पृथ्वीनारायण क्याम्पस, पोखराका उपप्राध्यापक डा. देवीलाल शर्माले सोमबार एमबिए वित्ततर्फको शैक्षिक अवलोकन भ्रमणमा जाँदा विद्यार्थी अमन परियारमाथि अपमानजनक शब्द प्रयोग गरेर गाली गरेका थिए । पीडित विद्यार्थीले आफूमाथि उपप्राध्यापक शर्माले जातीय विभेद गरेको भन्दै कारबाही हुनुपर्ने माग गरेका थिए । विद्यार्थीको गुनासो बारे छानबिन गरेपछि क्याम्पस प्रमुख डा. हरिप्रसाद पाठकले मङ्गलवार उपप्राध्यापक डा. शर्मालाई व्यवस्थापन अनुसन्धान विभाग प्रमुखबाट हटाएका हुन् । डा. शर्मा पाँच दिन अगाडी मात्रै व्यवस्थापन अनुसन्धान विभाग प्रमुख बनाइएका थिए ।

उपप्राध्यापक शर्मालाई विभागीय जिम्मेवारीबाट मात्र नभई बर्खास्त नै गर्नुपर्ने विद्यार्थीले माग गरेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज