आतङ्कवाद एवं उत्पीडन विरुद्ध संसार एकजुट किन नहुने ?

भारत स्वसासित क्षेत्र कश्मीरको पहलगाम क्षेत्रमा २८ जना निहत्था मानिसको हत्या पछि चर्केको भारत पाकिस्तानको तनाव केही दिनको युद्ध हुँदै युद्ध विरामको अवस्थामा आइपुगेको छ । भारतले अपरेसन सिन्दूर नामको कारबाही सुरु गरेको थियो । सन १९४७ मा भारत पाकिस्तान विभाजन भए पछि सन १९६५ सन १९७१ र सन १९९१ मा युद्ध लडेका थिए । यी दुवै देश हवाई तथा स्थल युद्धमा होमिए पछि विश्वभर चिन्ताको विषय बनेको छ । जुन ठाउँमा अन्धविश्वास ,अज्ञानता ,उत्पीडन,शोषण आतङ्कवाद एवं विभेदको सम्बोधन हुन नसकी जकडिएर बसेको हुन्छ त्यहाँ अनन्य प्रकारको असुरक्षा असमानता विभेद शोषण कसैले सहजै पत्तै नपाउने गरी जन्मिएको हुन्छ । अतः अन्धबिश्वास ,उत्पीडन,शोषण आतङ्कवाद,विभेद जस्ता समस्याहरू सबै समाज जाती समुदाय राष्ट्रका साझा समस्या हुन । यस सम्बन्धमा सबैको साझा दृष्ट्रिकोण हुनु आवश्यक छ । निहत्था मानिसलाई बिना कारण हत्या गर्नु आतङ्कवादको जति भर्त्सना गरे पनि नपुग्ने भए पनि भारतले अपरेसन सिन्दूर नामको कारबाही सुरु गर्नु भन्दा पहिला वा जस्तालाई त्यस्तै भन्दा पहिला पाकिस्तानको आतङ्कवाद विरुद्ध दृष्टिकोण लिएर साझा रूपमा आतङ्कवाद विरुद्ध लड्नु आवश्यक थियो । भारत पाकिस्तान दुवैको सहकार्यमा नै आतङ्कवाद विरुद्धको कारबाही आवश्यक थियो । सबभन्दा चिन्ताको विषय नै यही आतङ्कवाद विरुद्धको कारबाही भारत पाकिस्तान दुवैको सहकार्यमा किन भएन भन्ने हो । यसैको लागि काम गर्नु आजको आवश्यकता हो ।

आजको सभ्य दुनियाँ तथा वैज्ञानिक चेतनाको धरातलमा उभिएको संसारले निम्न प्रश्नको उत्तर खोज्नु पर्दछ । हाम्रो साझा भविष्य भनेको के हो रु के हामी एक आपसमा दुस्मन भएर अणु परमाणुको सहायताले लड्यौ भने हाम्रो भविष्य सुनिश्चित हुन्छ? अज्ञानता, अन्धविश्वास, उत्पीडन, शोषण आतङ्कवाद एवं विभेद लगायतका समस्या हाम्रा साझा समस्या हुन कि होइनन् ? अन्धविश्वास, अज्ञानता ,उत्पीडन, शोषण आतङ्कवाद एवं विभेद विरुद्धको लडाइ सम्पूर्ण मानवीय सभ्यताले किन नगर्ने त ?

अन्धविश्वास ,अज्ञानता ,उत्पीडन,शोषण आतङ्कवाद एवं विभेद आवेश लोभ र उत्तेजना नियन्त्रण गर्न नसकेका कारण मानिसको जीवनको ऐश्वर्य बल, बुद्धि र आयु सृजना घटेको मात्र छैन रोग भोग नैरास्यता द्वन्द्व मानसिक विचलन भई स्वयम व्यक्ति ,परिवार समाज राष्ट्र र विश्वमा नै अन्याय अत्याचार, गरिबी, असमानता, अशान्ति, प्राकृतिक विपत्ति, युद्ध, अविश्वास, विचलन डर चिन्ता लगायतका समस्याबाट पिडित हुन पुगेको तितो यर्थाथ हो । यस्तै अज्ञानता ,अति महत्त्वाकाङ्क्षा एवं मोहन्धता विलासिताका कारण नै हुनु पर्दछ संसार भरिमा बाल शिक्षामा करिब ८ अर्ब डलर मात्र खर्च हुन्छ तर विश्वव्यापी रूपमा हातहतियारमा भने १००० अर्ब डलर खर्च हुन्छ । अमेरिकामा मात्रै सौन्दर्यका साधनमा १२ अर्ब डलर खर्च हुन्छ जबकि विश्वभरिमा आधारभूत स्वास्थ्य र पोषणमा १५ अर्ब डलर मात्र खर्च हुन्छ । युरोपमा मात्रै आइसक्रिम र अत्तरमा २५ अर्ब डलर ,चुरोटमा ५० अर्ब डलर तथा अल्कोहलमा १६० अर्ब डलर खर्च हुन्छ । उपयुक्त तत्थ्याङ्गहरुले के देखाउँछ भने विश्व अर्थतन्त्रको कति सानो भाग मात्रै मनुष्यका अति आवश्यक अपरिहार्य कुरामा खर्च हुन्छ र कति ठुलो धनराशि विध्वंस विलासिता र महत्त्वाकाङ्क्षा जस्ता कुरामा खर्च भइरहेको छ । यस सम्बन्धमा विश्लेषण गर्दै पाकिस्तानकी बाल अधिकार अभियन्ता तथा १७ वर्षको उमेरमै नोबेल पुरस्कार विजेता युसेफ मललाले भनेकी छन् विश्वव्यापी रूपमा हातहतियारमा भइरहेको खर्चको १ प्रतिशत मात्रै शिक्षा वा खानेपानी व्यवस्थामा थपेको भए विश्वका सबै बालबालिका निःशुल्क विद्यालय जान पाउँथे  र पर्याप्त मात्रामा खानेपानी नपाउने आधा जनसङ्ख्याले शुद्ध खानेपानी पाउँथ्यो । यस कारण संसारको मुख्य समस्या गरिबी होइन मनुष्यको अविवेक ,कपट, हिंसा, दमन ,उच्च महत्त्वाकाङ्क्षा, मूर्खता, अनियन्त्रित विलासिता तथा लोभ आदी हुन । यहि अविवेक कै कारणले द्धितिय विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकी सहरमा Little boy नामक बम खसाल्दा उक्त युद्धमा खटिएका अमेरिकी सेनाका जनरल डा. ओपनहाइमरले I am the death भनेका थिए । अणुबम सूत्रका आविष्कारक वैज्ञानिक अलवर्ट आइष्टाइनले विश्वयुद्धमा भएको जनधन देखी आक्रान्त हुँदै आफ्नो कर्म प्रति घृणा गर्दै भने मेरो यो आविष्कारको प्रयोग विनाशकारी होला भन्ने थाह पाएको भए म यो खोजमा समय नै लगाउने नै थिएन । यही कुराबाट आजित भएर नै उनले महात्मा गान्धीको अहिंसा शास्त्रमा विश्वास गदै भने अणु शक्ति भन्दा आत्मिक शक्ति नै बढी बलशाली हुन्छ । संसारको खराबीलाई रोक्न अणु शक्ति भन्दा आत्मिक शक्तिको सहारा लिनु पर्दछ । सन १९५० मा भारतलाई स्वतन्त्रता दिलाउन आत्माको हुङ्कारमा जति शक्ति हुन्छ त्यो आणविक शक्ति भन्दा कयौँ गुणा बढी हुन्छ । उक्त कुरा गान्धीले प्रमाणित गरेर देखाइ दिए । सन १९४५ मा जापान देशको नागासाकी र हिरोसिमा सहरमा जुन बम विस्फोट भयो त्यो गलत थियो । यदि कुनै देश व्यक्ति समाज देशलाई जित्नु छ भने बम र गोलीले होइन नरम बोलीले जित्नु पर्छ ।

प्रथम विश्वयुद्ध तथा द्धितिय विश्व युद्ध को परिणाम स्वरूप आएको मानव अधिकारको विश्वव्यापी घोषणा पत्रले मानवमा अन्तर्निहित चेतनालाई स्वीकार गरी एक अर्कामा भातृत्वको व्यवहार गर्नु पर्ने कुरा उद्घोष गरेबाट पनि न्यायको पूर्णत्व प्राकृतिक कानुनबाट मात्र सम्भव छ भन्ने कुराको पुष्टि भएको छ ।

द्धितिय विश्वयुद्धका मुख्य पात्र जन निर्वाचित समेत रहेका हिट्लरले २ करोड मानिसको संहार गरी अन्ततः युद्धको भयावह अवस्थाको परिणामबाट विचलित भई अन्तमा आफ्नै कन्चटमा आफै गोली हानी प्राण त्याग गरेका थिए । भने विवेकशील नेल्सन मण्डेलाले शक्ति आफ्नो हातमा आउँदा पनि प्रतिसोधको सट्टा सत्य, मेलमिलाप सत्य र न्याय माथि जोड दिएका थिए । अतः यस्ता विवेकहीन खराब नियतका मानिसहरूबाट हुन सक्ने यस्तो भयावह अवस्थाबाट यो संसारलाई न्याय दिन Albert Einstein जस्ता प्रसिद्ध वैज्ञानिकले समेतले The World is going to evil यो संसार खतरनाक अवस्थामा परिणत हुदैछ तर त्यो केही महत्त्वाकाङ्क्षी मानिसहरूको कारणले होइन ती महत्त्वाकाङ्क्षी विवेकहीन मानिसहरूलाई सही मार्गमा डो¥याउन नसक्ने सज्जनहरूका कारणले हुदैछ भनी सचेत गराएका थिए ।

यस कारणले संसारमा मानव जातीको यस्तो दुरावस्थाबाट मानव जाती एवं विश्व व्यवस्थालाई नै बचाउने अनेक उपाय , संस्कार उपकरण, वैज्ञानिक श्रोत साधन मध्ये सबैभन्दा उत्तम उपाय कानूनको सर्वोच्चता एवं निष्पक्ष सक्षम स्वतन्त्र न्यायपालिकाको अवधारणालाई मानिन्छ । यसको उपयुक्त उपचारको सम्बन्धमा बेलायतका प्रसिद्ध कानूनवीद A.L .Goodhart ले भनेका थिए न्यायपालिकाले न्यायिक सक्रियताको माध्यमले संविधानवाद,न्यायिक सुशासन,कानूनी सार्वभौमसत्ता वा कानूनी सर्वोच्चता को सिद्धान्त को प्रयोगबाट यस्ता आवेशगत बहुलट्टीपन लोभ लगायत शक्तिको उन्माद र अविवेकले मौलाएका तानाशाही व्यवस्थाको कारण पत्ता लगाएर भविष्यमा विश्वलाई हाइड्रोजन बम जस्ता विज्ञानको आविष्कारको अनुचित प्रयोग , राजनीतिक शक्तिको उन्माद ,संस्कार संस्कृति माथिको आक्रमण ,स्वार्थपन, भ्रष्टाचार, अज्ञानता लगायतबाट हुने विनाशबाट जोगाएर एक अर्काको अधिकार, कर्तव्य ,सहअस्तित्व एवं अस्मिता ,संस्कार संस्कृतिको रक्षा गरी  लोकतन्त्र,सहअस्तित्व विश्व सभ्यता  शान्ति न्याय एवं गतिशीलता कायम गर्न सकिन्छ नत्र भने सम्पूर्ण मानव जातीले विनाशको सङ्कटको सामना गर्नु पर्ने भविष्यवाणी गर्दै अमेरिकी प्रसिद्ध वैज्ञानिक एवं राजनीतिज्ञ Benjamin franklin को प्रसिद्ध मार्मिक पंक्ति उद्धृत गर्दै भनेका थिए We must all hang together or we shall all hang separately । अतः यस्तो खतरनाक विनाशको सङ्कट अवस्थाबाट मुक्त गर्न व्यक्ति ,परिवार समाज राष्ट्र र विश्वलाई नै शान्ति सहअस्तित्वमय सृजनशीलमय बनाउन न्यायको तत्त्वको पहिचान गरी सबैमा न्यायको वास्तविक अनुभूति एवं पहुँच पु¥याउदै शान्ति सद्भाव आनन्द सृजनशीलता एवं विकासको वातावरण निर्माण गर्नु पर्ने कर्तव्य कानूनकर्मी एवं न्यायकर्मी को काँधमा आएको हो ।

अत्यन्त असभ्य एवं क्रूर जातीका लागि समेत निन्दनीय मानिने युद्ध राष्ट्रहरूले अपनाएका छन् । सामान्य विवादमा पनि मानिसहरू हतियार उठाउँछन् । विना कारण पनि उनीहरू लड्छन् । जब लडाई सुरु हुन्छ उनीहरूमा कानुन मानवता एवं ईश्वर प्रति एक रती पनि सम्मान रहँदैन । यसैले संसार विवेकले चल्नु पर्दछ न कि कपट एवं बन्दुकले भन्ने भनाई भनेको हुनु पर्दछ । यो संसारबाट सैनिक सामग्री एवं सैनिक बल  कटौती गर्दै लैजानु पर्दछ यो केबल संसारको विनाश एवं हाम्रो स्वार्थी कपटी असक्षम मानसिकताको उपज मात्र हो  । यस कारण संसारमा भएका हरेक समस्याको समाधान विवेक ले नै गर्न सकिन्छ भन्दै संसारलाई नै एक मानवीकरण गर्न खोज्नु आजको आवश्यकता हो ।

आजको यस २१औँ शताब्दीको सभ्य दुनियाँले आफ्नै आत्मालाई सोधेर भनोस् अणुबम परमाणु बम एवं मिसाइलको युद्धले बिध्वङस  भई जीत भएमा पनि त्यहाँ कसको जीत हुन्छ ? के यो हामी सबैको मानवताको हार भएको अवस्था होइन ? के यो वैज्ञानिक सामग्रीको अनुचित प्रयोग भएको अवस्था होइन ? यो हाम्रो मूर्खता एवं अहङ्कारको प्रस्ट निशानी होइन ?  इतिहासलाई फर्केर हेर्ने हो भने प्रस्टै देख्न सकिन्छ मनुष्यको समस्याको हल पाशविक बलको प्रयोगले हुँदैन । विवादहरूको समाधानका लागि मानवीय विवेकको सट्टा पाशविक बुद्धि लडाएमा यो धर्ती नर्कमा परिणत हुनेछ । प्रथम विश्वयुद्ध तथा द्धितिय विश्व युद्धको परिणामले यो प्रस्टै देखाएको छ । युद्धमा गरिएको अरबौँ डलरको विस्फोट बन्दुक जो धुवाँ बनेर उड्यो जसबाट एक नयाँ संसार बसाउन पर्याप्त बजेट हुन्थ्यो जुन पैसाले संसारको गरिबी ,रोग ,अशिक्षा ,अभाव मेटाउन पर्याप्त हुन्थ्यो । डर अराजकता अनिकाल असुरक्षा, महामारी को सट्टा शान्ति, संवृद्धि ज्ञान तथा विकासको साम्राज्य हुन्थ्यो । तर त्यो पैसाले मानवीय भौतिक क्षति मात्र गरेन विश्वको विकासको गति समेत पछाडि धकेली दियो । भने विश्वलाई पुँजीवादी एवं साम्यवादी गरी गुटमा परिणत गरिदियो । यसको परिणाम प्रति विश्लेषण गर्दै franklin rujbel भन्ने विद्धान ले भने जीत र हार दुवै निष्फल हुन । हिंसाको विजयको परिणाम शोकको उत्सव हो ।

सम्बन्धित समाचार

ताजा न्यूज