सर्वोच्च अदालतमा निरन्तर फूलकोर्ट, इजलास बस्न ढिलाइ

काठमाडौँ । सर्वोच्च अदालतमा सोमबार बिहानैदेखि न्यायाधीशहरूको पूर्ण बैठक (फूलकोर्ट) जारी रहेको छ। प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले समसामयिक विषय तथा न्यायालयमा देखिएका पछिल्ला घटनाक्रमबारे छलफल गर्न डाकेको उक्त बैठक निरन्तर चलिरहेको हो।

बैठक लम्बिएका कारण सोमबारका लागि नियमित पेसी सूची (कजलिस्ट) प्रकाशित भइसके पनि न्यायाधीशहरू इजलासमा प्रवेश गरेका छैनन्।

प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुयाँलसँग जोडिएका ह्वाट्सएप संवाद तथा अन्य विवरणहरू सार्वजनिक भएपछि न्यायपालिकाभित्र गम्भीर प्रश्न उठेको छ। सोही विवाद र त्यसले सिर्जना गरेको परिस्थितिबारे छलफल गर्न प्रधानन्यायाधीश शर्माले फूलकोर्ट बैठक बोलाउनुभएको हो।

यता, न्यायाधीशहरूसँग जोडिएका विवादित विषय सार्वजनिक भएसँगै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि यसबारे छलफल अघि बढाएको छ। रास्वपा सचिवालय बैठकले न्यायालयभित्रका विकृति र विचलनलाई निरूपण गर्न संसद्बाटै निर्णायक कदम चाल्ने निष्कर्ष निकाल्दै यसबारे थप प्रक्रिया अघि बढाउने जिम्मेवारी आफ्नो संसदीय दललाई सुम्पिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज