भक्तपुर अदालतमा देखिएको मानवीय त्रुटीः पक्षहरूलाई कुनै असर नपर्ने अदालतको दाबी

भक्तपुर। भक्तपुर जिल्ला अदालतमा विचाराधीन एक मुद्दाको सुनुवाइका क्रममा प्राविधिक एवं मानवीय त्रुटी देखिएको छ। चेक अनादर सम्बन्धी एक मुद्दामा पेसी नै नचढेको अवस्थामा न्यायाधीश विश्वनाथ भट्टराईको इजलासबाट आदेश जारी भएको थियो।

अदालतमा पेसी सूचीमा चढेको एउटा मुद्दाको सुनुवाइ भइरहँदा सोही मुद्दाको लगाउमा रहेको अर्को मुद्दामा मानवीय असावधानीका कारण उक्त आदेश हुन पुगेको बताइएको छ। अदालत स्रोतका अनुसार, पेसी सूचीमा नभएको विषयमा आदेश जारी हुनु एक आकस्मिक मानवीय त्रुटी मात्रै थियो।

यद्यपि, सो आदेशका कारण सम्बन्धित मुद्दाका पक्षहरूलाई कुनै प्रकारको अहित वा कानूनी क्षति भने नपुगेको अदालतले जनाएको छ। यो आदेशसमेत सम्बन्धित मुद्दाको मिसिलमा संलग्न गरिसकेको छ। भक्तपुर जिल्ला अदालतको मिसिल अभिलेखमा उक्त विवरण सुरक्षित राखिएकाले यसले मुद्दाको समग्र प्रक्रियामा तात्विक असर नपार्ने स्रोतले जनाएको छ।

अदालतका अनुसार, यो एक सामान्य प्रक्रियागत त्रुटी मात्र भएको र यसलाई तत्कालै सच्याइएकाले न्यायिक कार्यसम्पादनमा कुनै पनि नकारात्मक प्रभाव नपर्ने दाबी गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज