मध्यपुर थिमी नगरपालिकामा अख्तियारको छापा: घुस रकमसहित कर्मचारी नियन्त्रणमा

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। कार्यालय परिसरमै घुस लेनदेन भइरहेको विशेष सूचनाका आधारमा पुगेको आयोगको टोलीले सोमबार छापा मारेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार घुस रकम र संलग्न कर्मचारीलाई नियन्त्रणमा लिइएको छ। आयोगको टोलीले घटनास्थलबाट बरामद गरिएको रकमको मुचुल्का उठाउने तथा मुचुल्का तयार पार्ने कार्य गरिरहेको जनाएको छ। नियन्त्रणमा लिइएका कर्मचारीमाथि थप छानबिन अघि बढाइने अख्तियारले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज