पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्रीमा नियुक्त

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन्। आज नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका हुन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीशसहित मन्त्रिपरिषद् सदस्यहरू तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। सरकारले आजै शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको हो।

सम्बन्धित समाचार

ताजा न्यूज