काठमाडौँ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा औपचारिक रूपमा बुझाएका छन्। उनले बुधबार उपसभामुख अप्सरा चापागाईलाई राजीनामापत्र बुझाएका हुन्।
यसअघि गत भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरे पनि उनले औपचारिक पत्र भने बुझाएका थिएनन्।
पाठकले राजीनामापत्रमा “राष्ट्र शोकमा डुबेको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावनाविपरीत पदमा रहनु उचित देखिनन्” भन्ने उल्लेख गरेका छन्। राजीनामाको बोधार्थ प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेशसभा सचिवालयलाई समेत पठाइएको छ।
२०७९ पुस २८ गते पाठक राप्रपाको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेका थिए। त्यसपछि एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको समर्थनमा ६४ मत प्राप्त गर्दै सभामुख निर्वाचित भएका थिए।


