अघिल्लो सरकारका प्रस्ताव फिर्ता लिने अन्तरिम मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले अघिल्लो सरकारका नाममा मन्त्रिपरिषद्मा पेस भएका प्रस्ताव फिर्ता गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले जानकारी दिँदै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पेस गरेका तर निर्णय नहुनेगरी अलपत्र परेका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फर्काइने बताए।

उनका अनुसार, अघिल्लो मन्त्रिपरिषद्को कार्यसूचीमा राखिएका तर कुनै निर्णयमा नपुगेका विषयलाई अहिलेको सरकारले औपचारिक रूपमा अघि नबढाउने नीति लिएको हो।

सम्बन्धित समाचार

ताजा न्यूज