काठमाडौं । टेरामक्स खरिदमा संलग्नता आरोप लागेका नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासँग विशेष अदालतले ३ लाख रुपैयाँ धरौटी माग गरेको छ।
विशेष अदालतको इजलास सदस्य न्यायाधीश तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठले संयुक्त आदेश जारी गर्दै झालाई धरौटीसहित रिहा गर्न निर्देश दिएको हो।
यसअघि कानूनी प्रक्रियाविना नागरिकको व्यक्तिगत तथा गोप्य विवरणमा पहुँच हुने भन्दै आलोचना खेपिरहेको अवस्थामा झासहित प्राधिकरणका सञ्चालक समितिका केही पदाधिकारीले टेरामक्स खरिदको निर्णय अघि बढाएको आरोप लागेको छ।