कानून व्यवसायी परिषदद्वारा दुई कानून व्यवसायीलाई कारबाही

काठमाडौं । नेपाल कानून व्यवसायी परिषदले दुई कानूनी व्यवसायीलाई कारबाही गरेको छ। परिषदको अनुशासन समितिले अधिवक्ता ललितबहादुर केसीलाई नसिहतको सजाय र अभिकर्ता खगेन्द्र बोहोरालाई एक वर्षको लागि निलम्बन गर्ने निर्णय गरेको हो। गत असार २० गतेको निर्णयअनुसार परिषदले साउन ६ गते सर्वोच्च अदालतलाई पत्राचार गर्‍यो। त्यसको आधारमा सर्वोच्च अदालतले शुक्रबार सूचना प्रकाशित गर्दै कारबाही सार्वजनिक गरेको हो।

परिषद स्रोतका अनुसार अधिवक्ता केसीले एउटै मुद्दामा फरक–फरक पक्षको तर्फबाट हस्ताक्षर गरेको पाइएपछि उनीमाथि नसिहतको सजाय दिइएको हो।

अर्कोतर्फ अभिकर्ता बोहोरा भने अधिवक्ता सरह हस्ताक्षर गरेको उजुरी र प्रमाण भेटिएपछि एक वर्षका लागि निलम्बनमा परेका छन्। यसअघि पनि उनीमाथि नसिहतको कारबाही भएको थियो।

सम्बन्धित समाचार

ताजा न्यूज