काठमाडौं । न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठले चार वर्षे पदावधि पूरा गरी शुक्रबार अवकाश लिएका छन् । श्रेष्ठले २०७७ मंसिर १५ गते न्यायपरिषद्को सदस्यमा नियुक्त भएका थिए । उनी नेपाल बार एसोसिएसनको सिफारिसमा परिषद्को सदस्य बनेका थिए ।
न्यायपरिषद्ले शुक्रबार परिषद्को सचिवालयमा एक कार्यक्रमको आयोजना गरी उनलाई बिदाइ गरेको छ । श्रेष्ठ यसअघि पनि एक कार्यकाल न्यायपरिषद् सदस्य भइसकेका थिए ।