काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश ट्रायल सेन्टरहरुले निर्देशिकामा भएको व्यवस्था तथा मापदण्ड पालना नगरी ट्रायल सेन्टरहरु सञ्चालन गर्दा धेरै परीक्षार्थीहरु फेल हुने गरेको भन्दै काठमाडौं उपत्यकामा सवारी चालक अनुमतिपत्रका लागि चलिरहेका ट्रायल सेन्टरहरुमाथि कारबाही गर्न निर्देशन दिएको छ ।
केन्द्रले जेठ १ गते यातायात व्यवस्था कार्यालयहरु (सवारी चालक अनुमति पत्र), राधेराधे भक्तपुर, ठूलोभर्याङ, चाबहिल र एकान्तकुनालाई पत्र लेख्दै मापदण्ड कायम नगरी सञ्चालनमा रहेका ती ट्रायल सेन्टर नचलाउन र कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको हो । निर्देशन दिएको हो ।
प्रदेश सरकारले भाडामा लिएर ट्रायल परीक्षा चलाइरहेको इजी वे ट्रायल सेन्टर राधेराधे भक्तपुर, बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल भक्तपुर, भेहिकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि गुर्जुधारा, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि गोकर्णेश्वर, सुजुकी ड्राइभिङ स्कुल प्रालि एकान्तकुना, सिटी ड्राइभिङ प्रशिक्षण केन्द्रको स्थलगत निरीक्षणपछि राष्ट्रिय सतर्कता केन्द्रले यस्तो निर्देशन जारी गरेको हो ।
केन्द्रले स्थलगत निरीक्षणकाक्रममा ती ट्रायल सेन्टरहरु सञ्चालन गर्दा विधिसम्मत नदेखिएको, ले–आउटको क्रम नमिलेको, स्पीड ब्रेकर टेस्टमा मेटल राखेर स्लोप लामो बनाइएको, ट्राफिक सिग्न टेस्ट निर्देशिकामा तोकिए बमोजिम नभएको, बम्पी टेस्ट अन्तर्गत पीसीसी प्लाटफर्म नभएको भेटिएको केन्द्रले जनाएको छ ।सरकारले तोकेको मापदण्डमा नै पूरा नगरेको पाइएको जनाएको छ ।
मनोमानी शुल्क लिएको भन्ने उजुरीका सम्वन्धमा त्यहाँ कार्यालयले सवारी चालक अनुमतिपत्र सम्बन्धी प्रयोगात्मक परीक्षा लिने ट्रायल सेन्टरहरुले सवारी चालक प्रशिक्षण केन्द्र निर्देशिका, २०७४ मा व्यवस्था भएको मापदण्ड पालना नगरेका हुन् ।