काठमाडौँ । सरकारले भारत, चीन र संयुक्त राज्य अमेरिकासहित १३ प्रमुख मुलुकहरूमा नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता तथा नेतृत्वदायी अनुभव भएका व्यक्तिहरूलाई राजदूत पदमा सिफारिस गर्ने निर्णय गरेको हो।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार सम्बन्धित क्षेत्रका योग्य र अब्बल व्यक्तिहरूलाई राजदूतका लागि चयन गरिएको छ। सिफारिस गरिएका नामहरूलाई अब संसदीय सुनुवाइका लागि सङ्घीय संसद्मा पठाइनेछ। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि सम्बन्धित देशमा सहमतिका लागि (एग्रिमो) पठाइने र एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिबाट औपचारिक रूपमा नियुक्ति हुने कानुनी व्यवस्था छ।
को कहाँका लागि सिफारिस भए?
भारत: डा. निश्चलनाथ पाण्डे
चीन: डा. कल्याणराज शर्मा
संयुक्त राज्य अमेरिका: चिरनजङ्ग थापा
संयुक्त अधिराज्य (बेलायत): गौरव शम्शेर जङ्गबहादुर राणा (पूर्वप्रधानसेनापति)
जापान: जिग्यान कुमार थापा
इजरायल: सुरेशकुमार कर्ण
स्पेन: प्राप्ति शेरचन
जर्मनी: शारू जोशी
ओमान: डा. पद्माक्षी राणा
मलेसिया: चूडामणि खरेल
दक्षिण कोरिया: प्रा. डा. सङ्गम श्रेष्ठ
श्रीलङ्का: डा. मञ्चला झा
साउदी अरेबिया: गिरीबहादुर सुनार

