काठमाडौं । नेपालको संसदीय इतिहासमा दशकौँदेखि कायम परम्परागत राजनीतिको पर्खाल भत्काउँदै एउटा नयाँ युगको सुरुवात भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाहलाई आज देशको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ।
२०७२ सालमा नयाँ संविधान जारी भएयता कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गरी एकल सरकार गठन गर्ने अवसर पाएको यो पहिलो ऐतिहासिक अवसर हो । जसले नेपाली राजनीतिमा स्थिरताको नयाँ सङ्केत समेत दिएको छ।

