देउवासँग छलफलमा रमेश लेखक, जेनजी आयोगको बयानबारे रणनीति तय गर्दै

काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श थालेका छन्।

आयोगसमक्ष दिइने बयानका विषयमा राजनीतिक र कानुनी पक्षबारे सल्लाह लिन लेखक बुधबार देउवाको महाराजगञ्जस्थित निवास पुग्ने तयारीमा छन्। महाराजगञ्ज स्रोतका अनुसार लेखकलाई छलफलका लागि बोलाइएको हो, यद्यपि भेटघाटको समय भने सार्वजनिक गरिएको छैन।

यसअघि लेखकले आयोगले बयानका लागि बोलाएको विषयमा ‘सल्लाह भइरहेको’ प्रतिक्रिया दिएका थिए। आयोगले पत्र पठाउने निर्णय गरिसकेको जानकारी भए पनि आफूले औपचारिक पत्र नपाएको उनको भनाइ छ।

विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानका लागि पत्र पठाउने निर्णय गरेको थियो। आयोगको निर्णयपछि राजनीतिक तहमा चासो बढेको छ भने लेखकले पार्टी नेतृत्वसँगको परामर्शलाई प्राथमिकतामा राखेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज